युद्धग्रस्त युक्रेनको समर्थनमा नेपालका लागि विभिन्न देशका राजदूत र प्रतिनिधिहरुले बौद्धनाथमा दीप प्रज्वलन तथा प्रार्थना गरेका छन्। अमेरिकी राजदूत र्यान्डी बेरी, अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, बेलायती राजदूत निकोला पोलिट सहित अन्य देशका प्रतिनिधिहरुले बौद्ध स्तूपमा दीप प्रज्वलन गरेका हुन्। राजदुतहरुले रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध र युद्धको अन्त्यको कामना गरेका थिए।(फाेटाे समर्थ रन्जित)
Comments