क्यालिफोर्निया साक्रामेन्टोको एक चर्च (गिर्जाघर)मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३ बालबालिका सहित ४ जनाको मृत्यु भएको छ ।
गोलाबारी आर्डेन-आर्केड छिमेकको साक्रामेन्टोको गिर्जाघरमा भएको थियो । संदिग्ध व्यक्तिले गत सोमबार साँझ ५ बजेपछि मुख्य पवित्र स्थल क्षेत्रमा गोली चलाएको सेक्रामेन्टो काउन्टी शेरिफको कार्यालयका प्रवक्ता सार्जेन्टो रड ग्रासम्यानले पत्रकार सम्मेलनमा भने।
मारिएका तीन जना संदिग्ध बन्दुकधारीका छोरी थिए, ग्रासम्यानले भने। चौथो पीडित व्यक्ति र उनका छोराछोरीहरू बीचको अदालतले आदेश दिएको निगरानीमा थिए भनि प्रहरीले बताए ।
ग्रासम्यानका अनुसार प्रहरीहरु त्यहाँ आई पुग्दा सबै पीडितहरूको मृत्यु भएको फेला पारेका थिए भने संदिग्धले आत्महत्या गरेको बताए । गिर्जाघरका पादरीले साँझ ५:०७ बजे प्रहरीको ९११ मा खबर गरेका थिए । जब प्रहरीहरु आइपुगे, उनीहरूले पूजा गर्ने स्थान भित्र एक वयस्क पुरुष र उनका ९, १० र १३ वर्षका तीन छोरीहरूको शव फेला पारेका थिए ।
आमाले छोराछोरीको लागि बुबा विरुद्ध एक निषेध आदेश लिएकी थिइन् भने गोली चल्दा उनी भवनमा थिइनन् । अन्वेषकहरूले गोलाबारीलाई घरेलु हिंसाको घटना भएको प्रहरीले बताएको समाचार एबिसीन्युजले लेखेको छ ।
Comments