राष्ट्रियविशेषसमसामयिक

सयवर्ष अघि शिवरात्रीमा काठमाडाैँ(पशुपतिनाथ) आउन स्वीकृति लिनुपर्थ्याे

0

शिवरात्रीका अवसरमा इतिहासमा के के हुन्थ्याे बारे अध्ययन गर्ला राेमान्चक तथ्य फेला परेकाे छ । राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक दस्तावेज ‘शिवरात्रिको सनद पुर्जी’ जसले सयवर्ष अघि नेपालमा के के हुन्थ्याे बारे वर्णन गर्दछ । अभिलेखालयमा रातो पोकामा ऐतिहासिक अभिलेख बेरिएर राखिएको छ। एउटा पोकामा १९७७ देखि २००७ सालसम्मका ऐतिहासिक दस्तावेज भेटिए साे दस्तावेज र त्यहाँका अभिलेखका बारे अनिता भेटवालकाे याे रिपाेर्टः

त्यसबेफा शिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले सहजै काठमाडौं उपत्यका प्रवेश गर्न पाउँदैनथे। अमलेखगञ्जदेखि भीमफेदीसम्म आउने भक्तजनको रेखदेख गर्न एक हाकिम, एक सुवेदार र ६ सिपाही खटाइएको पाइन्छ। त्यहाँ सुरक्षा हुन्थ्यो। जालसाजी चिठीपत्र, हातहतियार ल्याएको भेटिएमा कारबाही हुने व्यवस्था रहेको न्यौपाने बताउँछन्।

“राहदानीको छाप लागेको कागज लिएर आउनेहरुलाई भने जाँच गरि छाडिदिनु। अरुलाई भए केरकार गरिदिनु,” सनदमा लेखिएको आदेश पढ्दै न्यौपाने भन्छन्, “त्यति वेला पनि नेपाल आउन पासपोर्ट चाहिने रहेछ।” तर, मनोरञ्जनका काममा संलग्न व्यक्ति भने आउन पाइने व्यवस्था गरिएको पाइन्छ। आदेशमा भनिएको छ, ‘चटकी र बानरभालु नचाउनेलाई छाडि दिनु। अरु वेहिसावका मानिसलाई एउटै पनि नछाडनु। हेटौडा चौकीलाई उर्दीलेखि पठाउनु।’

यसबाट हेटौंडा चौकीलाई पनि सरकारले नेपाल भित्रिने भक्तजनमा निगरानी गर्न भनेको बुझिन्छ। शिवरात्रि मनाएर फर्केका व्यक्तिलाई बिदाइ गर्नुपर्ने व्यवस्था थियो। उनीहरूलाई अमलेखगञ्जसम्मै छाड्ने व्यवस्था थियो। ‘सुविस्तासँग खान दिने, अखगञ्जको बजार उत्तर खोला वारिपारि बस्न दिलाउनु। एक एक गन्ती गरेर मात्र छाडनु,’ ९० वर्षअघिको आदेशमा भनिएको छ।
पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्त, फकीरलाई मोटर, लहरीको भाडामा छूट गरिन्थ्यो। थानकोटदेखि पशुपतिसम्म ५० प्रतिशत भाडा लिनुपर्ने व्यवस्था गरिएको आदेशमा भनिएको छ, ‘मोटरवाला साहुहरुलाई उर्जी पुर्जी दिन लगाई सो भन्दा बढि भाडा लिन नपाउने।’

शिवरात्रिमा विशेष पाहुना डोली चढेर पनि आउँथे। उनीहरूलाई पनि जाँच गर्न नछुटाउन आदेश दिइएको देखिन्छ। सनद पुर्जीको १९ देखि २२ पृष्ठमा सुरक्षा व्यवस्थाबारे उल्लेख छ। यसको २३औं पृष्ठमा भनिएको छ, ‘ठाउँठाउँमा पानी खानको लागि पधेरोको वन्दोवस्त बनाउनु।’

यसको अन्तिम पृष्ठमा पशुपतिनाथ मन्दिरका पुजारीका विषयमा विशेष महत्त्व दिएर बसोबासको व्यवस्था गर्न भनिएको छ। जहाँ लेखिएको छ, ‘पशुपतिनाथ मूल पुजारी सुव्रव्रम्हराय शास्त्र भट्टजीले पुर्जी हेरि यो साल शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आएका तिम्रा चिना जानी भएका समेत देशी मानिसलाई पोहोर साल बमोजिम श्री ५ दादै ज्यूक कहाँ सोधी रहन नपर्ने गरि तिम्रा घरमा बास बस्न दिनु।’

त्यति वेला भारतलाई देश भन्ने गरिएको थियो। भारतबाट आएका मूल पुजारीका आफन्तलाई आफ्नै घरमा राख्न पाउने व्यवस्था गरिएको न्यौपाने अर्थ्याउँछन्। उनीहरूलाई सम्मान सहित बिदाइ गर्न दिइएको आदेशमा भनिएको छ, ‘विदा गर्दा चाडो फर्की आउँनु भनि उनीहरुलाई उर्जी पनि दिनु।’

सार्वजनिक जग्गा र वातावरण जोगाउन जनस्तरबाटै अभियान आवश्यक

Previous article

मुल सुके बस्ती सरे

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *