सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ७०४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सात र एन्टिजेन विधिमार्फत पाँच जनामा कोरोना देखिएको हो ।
पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पताल तीन जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि बिहीबार यस प्रदेशमा सात जनामा सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
Comments