राजनीतिराष्ट्रिय

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह    

0

काठमाडौँ, १ पुस (रासस) 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन्  ।
पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उनले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताएका थिए |
नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउने र विधिसम्मत चलाउने काम गर्न सुझाव दिएका थिए । नेता पौडेलले आफू र महामन्त्री डा. शशाङ्क कोइराला पार्टीलाई एकताबद्ध बनाउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियानमा लागेको बताए।
भेटमा नवनिर्वाचित उपसभापति गुरुङले आफू पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचनमा विपक्षीसँगको प्रतिस्पर्धामा अब्बल बनाउनुपर्ने बताए । उपसभापति गुरुङले पार्टीलाई गुटबन्दीबाट मुक्त बनाउने अभियानमा आफू लाग्ने स्पष्ट पारे  ।
Keshab Gurung

एउटा मात्रै उम्मेदवार बनाउन सजिलो छैन : प्रकाशमान सिंह

Previous article

पोल गाडेको तीन वर्षसम्म पनि पुगेन बिजुलीः विभिन्न योजना अलपत्र

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *