जलवायुराजनीति

मर्स्याङ्दी-काठमाडौं प्रसारणलाइनमा फेरि अवरोधको डर

0

२१ मंसिर, काठमाडौं । मर्स्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन प्रसारण लाइनमा फेरि अवरोध हुने जोखिम बढेको छ । वर्षौं रोकिएर एक हप्ताअघिदेखि मात्रै शुरु भएको काममा फेरि अवरोध हुनसक्ने भन्दै स्थानीय तहले नै चिन्ता व्यक्त गरेको छ ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये धादिङको सिद्धलेक गाउँपालिकाको पिपलटारका आयोजना प्रभावित स्थानीयले २ वटा टावरको जग खन्नै दिएका थिएनन् । एक हप्ताअघि मात्रै जिल्ला प्रशासन कार्यालय धादिङमा भएको सर्वपक्षीय छलफलपछि मुआब्जा बुझ्न र काम अघि बढाउन दिन स्थानीयबासी सहमत भएका थिए । मुख्यगरी लाइनको तारमुनि जग्गा पर्ने स्थानीयले मुआब्जा बुझ्न मानेका थिएननन् । तर, मुआब्जा रकममा वृद्धि गर्ने सहमतिपछि अवरोध हटेको थियो ।

तर, आइतबार बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे स्थानीय क्षेत्रमा पुग्दा स्थानीयले फेरि प्रसारणलाइनका लागि उपलब्ध गराइएको मुआब्जा बढाउन माग गरेका थिए । मन्त्री पाण्डले मुआब्जा बढाएर दिने आश्वासन दिएपछि प्रभावित स्थानीय वडा कार्यालयमा थप पहल गर्न माग गर्दै पुगेका छन् ।

सिद्धलेक गाउँपालिका-७का वडाध्यक्ष लक्ष्मण खतिवडा प्रभावित स्थानीयबासीले फेरि असन्तुष्टि पोखेको बताउँछन् । ‘विहान प्रभावित स्थानीयहरु मुख्यमन्त्रीज्युले भन्नुभएको कुरा लिएर आउनुभएको थियो, स्थानीयको माग नाजायज छैन्,’ उनी भन्छन्,’तर, राष्ट्रिय प्राथमिकताको आयोजना भएकाले यो पनि रोकिन हुँदैन भनेर हामीले पहल गरिरहेका छौं, दुबै पक्षले जितेको महसुश हुने अवस्था बन्नुपर्छ ।’ फेरि आयोजनाको अघि बढेको काम प्रभावित हुने अवस्था देखिएको भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने वडाध्यक्ष खतिवडाले बताए ।

अहिलेसम्म काम नरोकिएको भन्दै उनले टारको धेरै जग्गालाई प्रभावित गरेर तार टाँगिने भएकाले विरोधको स्वर बाक्लो भएको खतिवडाले सुनाए । यसअघि १३२ र ३३ केभीको लाइन पनि पिपलटारबाटै गएकाले २२० केभीको लाइन पनि यही बाटो भएर ल्याउँदा समस्या भएको उनको भनाइ छ ।

तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मर्स्याङ्दी -काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेर अल्झिएको करिब एक वर्ष भइसकेको छ । ७८ किमी तार तानिसके पनि दुईवटा टावर नबन्दा आयोजना प्रसारणलाइन चार्ज गर्न सकिएको आयोजनाले बताएको छ ।

‘गेम चेन्जर आयोजना’को रुपमा सुरु गरिएको यो आयोजनामा अवरोध भएपछि मर्स्याङ्दी बेसिनमा निर्माणाधीन आयोजनाको विद्युत् प्रवाह नहुने जोखिम छ । त्यो अवस्थामा अर्बौं रुपैयाँको बिजुली खेर गएर प्राधिकरणले हर्जाना तिर्नुपर्ने हुन्छ ।

मर्स्याङ्दी बेसिनमा निर्माणाधीन र निर्माण हुने आयोजनाको विद्युत् प्रवाहका लागि ११३ किलोमिटर २२० केभी डबल सर्किट मर्स्याङ्दी करिडोर प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

आयोजना प्रमुख लक्ष्मण फुयाँल पश्चिमको बिजुली काठमाडौं प्रवेश गराउने अरु लाइनहरु ‘ओभरलोडेड’ भइसकेको बताउँछन् । पश्चिमका आयोजनाहरुबाट मातातीर्थसम्म बिजुली ल्याउन यो लाइफलाइन भएको भन्दै उनले आयोजनामा अवरोध नहुने विश्वास व्यक्त गरे ।

‘अवरोध सल्ट्याएर काम शुरु गरेका छौं, अब अवरोध भएन भने तीन महिनाभित्र लाइन चार्ज हुन्छ,’ उनले भने ।

Bagmati Today

कांग्रेस अब पनि नसुध्रिए समाप्त हुन्छ : गगन थापा

Previous article

कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *