प्रकृतिराजनीति

एमाले र राप्रपा मिल्न सक्छन् : माधव नेपाल

0

२१ मंसिर, विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी आपसमा मिल्ने सम्भावना रहेको बताएका छन् ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले एमालेलाई संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने शक्तिका रुपमा चित्रित गरे । ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्टा्याउन चाहने राप्रपा र (केपी शर्मा) ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्था छ,’ उनले भने, ‘हामी त्यहाँ (एमालेमा) भएको भए के हुन्थ्यो हालत ? हरि बिजोग हुन्थ्यो ।’

पहिले आफ्नो समूहमा रहेका र पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भने, ‘त्यहाँ भएका मान्छेको हालत भएजस्तै ।’

एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको उनले टिप्पणी गरे । ‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’ नेता नेपालले भने, ‘विजोग छ, यी (ओली) सुध्रिनेवाला छैनन् । त्यो जमात क्रान्तिकारी रहेन ।’

चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको उनको तर्क छ ।

भीड नियन्त्रणमा राज्यको ज्यादती : अदक्ष सुरक्षाकर्मी र घातक हतियारको प्रयोग

Previous article

मध्य रातमा माधबले पाए ठुलो धोका ओली कित्तामा खुसियाली माधवको सहमति च्यात्ने चेतावनी

Next article

You may also like

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *